पाँचथरमा ३ सय ७७ जना मजदुरको उद्धार

पाँचथरमा ३ सय ७७ जना मजदुरको उद्धार

पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए ।

उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घरसम्मै पुर्‍याइएको जानकारी दिए ।

यस्तै अहिले अत्यावश्कीय बाहेक एक जिल्लाबाट अर्को जिल्लामा अनुमति पास दिन समेत रोकेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्