कोरोना आशङ्का गरिएका सप्तरीका नौ जनाको रिपोर्ट नेगेटिभ

कोरोना आशङ्का गरिएका सप्तरीका नौ जनाको रिपोर्ट नेगेटिभ

सप्तरी चैत्र २२ ,  सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो

यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ । हालसम्म सिरहाको गोलबजारस्थित क्वारेन्टाइनमा २५ जना रहेको क्वारेन्टाइनका इञ्चार्ज निरन्जन सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्