ओखलढुंगामा आईसोलेशनमा रहेका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ

ओखलढुंगामा आईसोलेशनमा रहेका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ

रामहरि श्रेष्ठ

ओखलढुंगा, २२ चैत्र । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ आएको छ ।

भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि समान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो ।

उनीहरुहरुको कोरोना संक्रमणको आशंकामा बिहीबार स्वाब परिक्षणका लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईएको थियाे । तर दुवैकाे रिपोर्ट नेगेटिभ आएको जिल्ला कमान्ड पोष्टका सुचना अधिकारी तथा जिल्ला स्वास्थ कार्यलयका प्रमुख सुमन तिवारीले बताए ।

उनीहरुमध्ये एकजना युवती गत चैत ८ गते र अर्का एकजना ९ गतेमात्र भारतबाट ओखलढुंगा आएको पाइएको छ । हाल अस्पतालको आइसोलेसनमा रहेका १८ र १९ वर्षीय ती दुई युवतीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनीहरुलाई शनिबार नै ओखलढुंगा क्याम्पसको क्वारेन्टाइनमा ल्याउने तयारी गरिएको प्रमुख तिवारीले बताए । जिल्लामा हाल १२ जना युवायुवतीहरु क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्