प्रधानमन्त्रीद्वारा आज मन्त्रिपरिषद बैठक आह्वान, लकडाउन लगायतका विषयमा छलफल हुने

प्रधानमन्त्रीद्वारा आज मन्त्रिपरिषद बैठक आह्वान, लकडाउन लगायतका विषयमा छलफल हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक डाक्नुभएको छ ।

मुलुकमा कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जारी गरिएको लकडाउनको समय बढाउने वा नबढाउने भन्ने विषय र अन्य समसायिक विषयमा छलफलका लागि बैठक डाकिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय विवादमा परेको स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।मन्त्रीपरिषद बैठकअघि केन्द्रीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्