भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा कोरोना संक्रमितको संख्या बढेर २९ सय दुई पुगेको जनाएको छ । विगत तीन दिनमा भारतमा कोरोना संक्रमितको संख्या दुई गुणा बढेको छ ।

जसमध्ये झन्डै २५ प्रतिशत संक्रमित दिल्लीमा तब्लिगी जमातको धार्मिक सभामा सहभागी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा चार सय ७८ नयाँ संक्रमित फेला परेका छन् । यो एक दिनमा सबैभन्दा बढी वृद्धि हो । भारतमा अहिलेसम्म एक सय ८३ संक्रमित उपचारपछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्