चिनमा कोरोना भाइरसको भ्याक्सिनको सफल परिक्षण हुँदै

चिनमा कोरोना भाइरसको भ्याक्सिनको सफल परिक्षण हुँदै

चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वास्थ्य रहेको बताइएको छ ।

सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ ।

उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवकहरुको घरमा हिजो फिर्ता भएका हुन् ।

शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन् ।

सबै स्वय्मसेवकहरुलाई छमहिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ ।

यदि यो सुई प्रभावकारी र भरपर्दाे भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्