अपडेट: देशभर १ हजार ४ सय ४१ वटा नमुना परीक्षण, ८ कोरोना संक्रमितको अवस्था सामान्य

अपडेट: देशभर १ हजार ४ सय ४१ वटा नमुना परीक्षण, ८ कोरोना संक्रमितको अवस्था सामान्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ जनाएको छ । यस्तै काठमाडौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षणको दायरा बढाइरहेको र अहिले काठमाण्डौ बाहिर जनकपुर, धरान, हेटौडा, पोखरा, धनगढी र सुर्खेतमा नमुना परीक्षण भइरहेको तथा  चितवन र बुटवलमा भोलीबाट सुरु गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ दिएको र पहिलो पटक कोरोना संक्रमण स्थानीयमा फैलिएको पुष्टि गरे । योसँगै संक्रमितको संख्या ९ जना पुगेको र एकजना भने यसअघि नै निको भएर घर फर्किसकेको उनले बताए ।

डा देवकोटाले संक्रमित २ जनाको टेकु, २ जनाको बाग्लुङस्थित अस्पतालमा र ४ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले स्थानीयमा संक्रमण फैलिएसंगै नेपाल कोरोना संक्रमण फैलावटको दोश्रो चरणमा प्रवेश गरेकाले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा बसिदिन अनुरोध गरे ।

मन्त्रालयको मोबाईल एप्लिेकेसनमा ६ हजार ५ सय २७ जनाले व्यक्तिगत स्वास्थ्य विवरण भरेको र ती मध्ये रेडजोनमा रहेका १ सय २६ जनालाई फोन मार्फत टेसिङ गर्ने काम भइरहेको डाक्टर देवकोटाले बताए ।

स्वास्थ्यकर्मीको सुरक्षा सामाग्री पिपिई दुरुपयोग भएको पाईएको भन्दै उनले समुचित प्रयोग गर्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्