विश्वभर कोरोना संक्रमितको  संख्या १२ लाख बढी,६४ हजारको मृत्यु

विश्वभर कोरोना संक्रमितको  संख्या १२ लाख बढी,६४ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमितको  संख्या १२ लाख बढी पुगेको छ । यो महामारीले अहिलेसम्म ६४ हजार सात सयको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार पनि इटली, फ्रान्स, स्पेन र अमेरिकामा मर्नेको संख्या बढेको छ ।

इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म कोरोनाले मर्नेको संख्या १५ हजार ३६२ पुगेको बीबीसीले जनाएको छ । स्पेनमा २४ घण्टामा ८०९ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म ११ हजार ९४७ जनाको मृत्यु भएको छ । स्पेनमा २६ अप्रिलसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

अमेरिकामा मर्नेको संख्या ८ हजार ४ सय नाघेको छ । न्युयोर्कमा मात्रै पछिल्लो २४ घण्टामा ६३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्