दुबइमा कोरोनाको संक्रमण नियन्त्रण गर्न दुई हप्ताको लकडाउन घोषणा

दुबइमा कोरोनाको संक्रमण नियन्त्रण गर्न दुई हप्ताको लकडाउन घोषणा

दुबइ । दुबइमा नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने पहलस्वरुप दुई हप्ताको लकडाउन घोषणा गरिएको छ । दुबइको सरकारी समाचार संस्था डब्लुएएमका अनुसार दुबइको संकट र विपद् व्यवस्थापन सर्वोच्च समितिले शनिबार दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको हो ।

यस अवधिमा "अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर निस्किन पाइने छैन । अत्यावश्यक सामग्री खाना र औषधीको खरिदका लागि घरको एक सदस्यलाई मात्र घरबाहिर निस्किने अनिमति दिइनेछ," दुबइको समाचार संस्थाले जनाएको छ ।

कुनै पनि व्यक्तिले सर्वोच्च समितिले जारी गरेका निर्देशन उल्लंघन गरेमा कानुनी कारबाही भोग्‍नुपर्ने बताइएको छ । डब्लुएएमका अनुसार, "दुबइका बाक्लो जनसंख्या भएको क्षेत्रमा अधिक कोरोना परीक्षण गरिनेछ ।"

दुबइको स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्म कोरोना संक्रमितको संख्या २४१ पुगेको छ भने संयुक्त अरब इमिरेट्‍समा कोरोना संक्रमितको एक हजार ५०५ पुगेको छ भने १० जनाको मृत्यु भएक छ ।  मुलुकको १६ प्रतिशत कोरोना संक्रमित दुबइका रहेको बताइएको छ । - सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्