बेलायतमा पाँच वर्षीय बालकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि

बेलायतमा पाँच वर्षीय बालकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि

लन्डन । बेलायतमा पाँच वर्षीय बालकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको छ । बेलायती मन्त्री माइकल गोभले भने, "पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा स्वास्थ्य अवस्था निकै कमजोर भइसकेका पाँच वर्षीय बालक पनि एक हुन् ।"

बेलायतमा पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमितको मृत्यु हुँदा जम्मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ३१३ पुगेको छ ।

मन्त्री गोभले दैनिक सयौं भेन्टिलेटरहरु उत्पादन भइरहेको र त्यसभन्दा अधिक बाहिरबाट मगाइएको बताएका छन् । दैनिक ब्रिफिङकका क्रममा एनएचएसका चिकित्सा निर्देशक स्टेफेन पोविसले भने, "सूर्य अस्ताउन सक्छ, तर यसको अर्थ तपाईं अस्ताउनु होइन ।"

उनले सामाजिक दूरी कायम गर्ने उपायले संक्रमणको दरमा कमी आएको पछिल्ला केही संक्रमितको तथ्यांकले देखाएको बताए । उनले संक्रमणको तीव्र वृद्धिको क्रम स्थिर भएको जानकारी दिए । यद्पि, आत्मसन्तुष्टिको बाटोमा भने पुगिनसकेकोप्रति उनले जोड दिए ।

"कोरोना संक्रमणबाट मृत्यु भएका पाँच वर्षीय बालकका परिवारजनमा गहिरो समवेदना छ," उनले भने ।

पछिल्लो दिनको कोरोना संक्रमणको ट्रेन्ड हेर्दा दैनिक ८०० संक्रमितको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । - बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्