विश्वभर कसरी फैलियो कोरोना भाइरस ? यसका प्रसारका चरण यस्ता छन्

विश्वभर कसरी फैलियो कोरोना भाइरस ? यसका प्रसारका चरण यस्ता छन्

चीनको वुहान क्षेत्रबाट देखिएको नोबल कोरोना भाइरस कसरी संसारभरी फैलिएर जनजीवनलाई असर पुर्याइरहेको छ ? यसको फैलावटलाई रोक्न सकिदैनथ्यो वा अहिले भयावह स्थिति भइनसकेको देशहरुले यसलाइ रोक्न सक्दैनन् ? यहि विषयमा जानकारी प्राप्त गर्नका लागि पहिले हामीले यो कसरी प्रसार हुन्छ भन्ने जान्न आवश्यक हुन्छ । अहिले विश्वभर देखिएको कोरोना भाइरसको फैलावटका मुख्य ४ चरणहरु हुन्छन् । ति चरणको बारेमा जानकारी प्राप्त गरेपछी यसको प्रसारलाई रोक्न कुन चरणबाट काम गर्नु पर्ने रहेछ भन्ने बुझ्न सजिलो हुन्छ । आउनुहोस् ति चरणहरुको बारेमा जानकारी प्राप्त गरौं ।

कोरोना भाइरस प्रसारको पहिलो चरणलाई अंग्रेजीमा The imported Stage वा आयातित चरण भनिन्छ । यस चरणमा शंक्रमणको जोखिम भएका राष्ट्रको भ्रमणबाट फर्किएका मानिसहरुमा कोरोना भाइरसको शंक्रमणबाट देखिने रोग कोभिड-१९ देखिन्छ । यस्तो अवस्थामा शंक्रमित र उसको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पर्दछ । तत्काल क्रियाशिल भएर कार्य गरे महामारी रोक्न सक्ने सबै भन्दा सहज चरण यहि नै हो । यो चरणमा जति तिब्र गतिमा सजग भइ शंक्रमितको उपचार गर्यो उति महामारीको जोखिम कम हुन्छ ।

दोश्रो चरणलाई Local Transmission वा स्थानीय प्रसारको चरण भनिन्छ । यस चरणमा ति विदेशबाट शंक्रमितहरुबाट स्थानीय मानिसमा यो रोगको शंक्रमण हुन थाल्छ । यस अवस्थामा शंक्रमणको कारण थाहा भएको हुँदा प्रसारको चक्र पत्ता लगाउन सकिन्छ । यस चरणमा उक्त चक्रमा देखिएका सबैलाई क्वारेन्टाइनमा राखि लक्षण अनुगमन गर्नु पर्ने हुन्छ । दोश्रो चरणमै शंक्रमणको प्रसारलाई रोक्न नसके तेस्रो अनि अझ बिकराल स्थितिमा संक्रमण पुग्दछ ।

तेस्रो चरणलाई Community Transmission वा सामुदायिक प्रसारको चरण भनिन्छ । यस चरणमा भाइरस समुदायमा फैलन थाल्छ । यस चरणमा आइपुग्दा मानिसहरु शंक्रमित बिरामीको प्रत्यक्ष सम्पर्कमा नआइकन नै शंक्रमित हुन थाल्छन् । यति बेला शंक्रमणको कारण वा माध्यम पत्ता लगाउन सकिदैन ।

चौथो चरणलाई अर्थात The Epidemic वा महामारीको चरण भनिन्छ । यस चरणमा रोग महामारीको रुपमा देखिन थाल्छ । शंक्रमणको जालो तिब्र गतिमा फैलन्छ र रोकिने छाँटकाँट देखिदैन । अत्याधिक व्यक्तिहरुलाई शंक्रमित बनाइ जनजीवन र स्वास्थ्य सेवामा अस्तव्यस्तता छाउछ । महामारीको चरण आएपछि नियन्त्रण गर्न अति नै कठिन हुन जान्छ । त्यसैले पहिलो चरण वा शुन्य समयबाट नै सचेत हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्