कोरोनाबाट बच्न सुनसरीका बिभिन्न ठाउँमा अपरिचितलाई गाउँ पस्न निषेध

कोरोनाबाट बच्न सुनसरीका बिभिन्न ठाउँमा अपरिचितलाई गाउँ पस्न निषेध

इनरुवा, चैत २३ गते ।

सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ ।
आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास तेर्साएर बन्द गरेको छ ।

सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकामा प्रवेश रोक लगाउने भनेपछि लकडाउनको पूर्ण पालना र कार्यान्वयनका लागि इनरुवा २ पण्डीत टोलका युवाहरुले मूख्य सडकमा बास तेर्साएर बन्द गरेको छ ।

त्यसैगरी कोशी गाउँपालिका १ लौकहीमा समेत लकडाउन कार्यान्वयका लागि गाउँगाउँ टोलटोलमा बास तेर्साएर बन्द गराएको स्थानीय पवन रौनियारले जानकारी दिनुभयो । लकडाउन कार्यान्वनका लागि लौकहीको नेपाल कविरथ समाजले अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा निषेध लेखेर बास तेर्साएर बन्द गरेको समाजका सुमन मण्डलले बताउनुभयो । उता लकडाउनको बेलामा अरु व्यक्तिहरुलाई गाउँपस्न नदिनका लागि गढीमा समेत बासँले सडक बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्