मोरङको रंगेलीमा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना

मोरङको रंगेलीमा २५ बेडको क्वारेन्टाइन कक्ष स्थापना

रबिन्द्र बराल
बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइनकाे स्थापना गरेको छ । काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे ।

रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्पसकाे भवनमा २० बेड र रंगेली अस्पतालमा ५ बेडकाे क्वारेन्टाइन स्थापना गरिएको नगरपालिकाका मेयर दिलिप बगडियाले बताए । भारत तथा बिदेशबाट अाएका जाे काेहिलाई समेत १४ दिन सम्मकाे लागि क्वारेन्टाइनमा राख्नका लागि स्थापना गरिएको बताए । केही दिन अागडि रंगेली अस्पतालमा भारतकाे दिल्लीबाट अाएका सुनबर्सि नगरपालिकाका तीन जनालाई रंगेली अस्पतालमा रहेकाे क्वारेन्टाइन मा १४ दिनका लागि राखिएको छ । नगरपालिकाले उनिहरुका लागि निशुल्क खानाकाे सेमत ब्यवस्थापन गरेको छ । जनता क्याम्पसमा स्थापना गरिएकाे क्वारेन्टाइनमा २४ घन्टा अहेव डाक्टर सहितकाे टिम र शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र ससस्त्र प्रहरीकाे क्वारेन्टाइनमा रहेका बिरामीहरुकाे निगरानी गरिने मेयर बगडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्