चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने

चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने

काठमाडौं । चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चैत महिनामा नेपाल प्रवेश गरेका सबैको, अहिले कोरोना संक्रमितका आफन्त र परिवारका सदस्य सबैको कोरोना परीक्षणको तयारी गरिएको र त्यसका लागि टोली परिचालन गरिएको बताए ।

चैत महिनमा प्रवेश गरेका र सम्पर्कमा रहेका व्यक्तिको द्रुत गतिबाट परीक्षण गरिनेछ । पोजेटिभ देखिए पीसीआर प्रविधिबाट पुनः परीक्षण गरिने भएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो ।

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना संक्रमण देखिएका व्यक्तिका नजिकका व्यक्तिहरुको पनि परीक्षण गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्