पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा कोरोना संक्रमण देखिएन

पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा कोरोना संक्रमण देखिएन

सरोज ढुंगेल
काठमाडौं, चैत २३ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२ नमूना परीक्षणमा सबैको रिपोर्टमा संक्रमण नभेटिएको जानकारी दिनुभएको हो ।

उहाँले हालसम्म १५ सय २९ जनाको नमूना परीक्षण भएको जानकारी दिँदै आइसोलेशनमा भने काठमाडौंमा १२ र बाहिर १ सय १ गरि जम्मा १ सय १३ जना रहेको बताउनुभयो ।
प्रवक्ता देवकोटाले प्रभावित विभिन्न देशबाट आई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिनुभयो ।

उहाँले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्काे चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै विदेशबाट आएकाहरुलाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह समेत गर्नुभयो ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित हेटौंडा, चितवन, धरान, सुर्खेत, जनकपुर ,पोखरा र धनगढी गरी आठ स्थानबाट नमूना परीक्षण भइरहेको छ ।
यस्तै, बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीनजनामा संक्रमणको पुष्टि भएको थियो । पहिलो पटक नेपालमा धेरै संख्यामा संक्रमण देखिएको यो पहिलो घटना हो । नेपाल संक्रमणको दोस्रो चरणमा स्थानीय संक्रमणमा प्रवेश गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको क्वारेनटाइनमा रहेका सबै व्यक्तिको नमूना परीक्षण गर्र्ने भएको छ ।
प्रवक्ता डा.विकास देवकोटाले कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने जानकारी दिनुभयो । उहाँले सरकारले परीक्षणको दायरा बढाएको जानकारी दिंदै चैत महिनामा विदेशबाट आई क्वारेन्टाइनमा बसेका सबैको पहिलो चरणमा र्यापिड टेष्ट मार्फत् नमूना परीक्षण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यदी परीक्षणमा भाइरस फेला परेमा पीसीआर मेशिन मार्फत् पुन परीक्षण गरी निक्र्यौल गरिने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
उहाँले बाग्लुङमा संक्रमित व्यक्तिहरुको बासस्थान वरपरका सबै व्यक्तिको परीक्षण गर्ने जानकारी दिनुभयो । उहाँले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसी सबैको सहमतिमा र्यापिड टेष्ट मार्फत् परीक्षण गर्ने निर्णय भएको जानकारी दिँदै यसका लागि आजैबाट प्रभावित जिल्लामा टोली जाने तयारी भएको बताउनुभयो ।

कैलालीमा स्थानिय संक्रमण देखिएपछि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापिड टेस्ट किटमार्फत् नमूना परीक्षण गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्