मोरङको लेटाङमा राहतको तयारी पूरा , भोलिबाट राहत बाड्न सुरु गरिने

मोरङको लेटाङमा राहतको तयारी पूरा , भोलिबाट राहत बाड्न सुरु गरिने

लेटाङ चैत २४
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ ले राहत वितरणको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । राहत वापत दिइने खाद्यान्नको प्याकिङको काम धमाधम भइरहेकाले भोलिबाट राहत वितरण गरिने वडाध्यक्ष भूम सूर्य मगरले बताए ।

राहत वडाका भूमिहीन, सुकुम्बासी, विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइने छ । जहाँ ४ जनाको परिवारलाई १२ केजी चामल, १ केजी दाल, एक पोका तेल, एक केजी नुन, सोयाबिन २५० ग्राम र एउटा साबुन रहेको छ ।

त्यसैगरी ५ देखी ७ जनासम्मको परिवारलाई १५ केजी चामल डेढ केजी दाल, दुइ पोका तेल, एक केजी नुन, सोयाबिन ४०० ग्राम र दुइवटा साबुन छ । त्यस्तै ८ जनादेखि माथीको परिवारलाई १८ केजी चामल २ केजी दाल, तीन पोका तेल, एक केजी नुन, सोयाबिन ५०० ग्राम र तीन वटा साबुन रहेको वडाध्यक्ष मगरले बताए । प्रथम चरणको राहत वितरणका क्रममा वडाका २४९ परिवारलाई राहत वितरण गर्न लागिएको हो ।

लेटाङ नगरपालिकाले उपलब्ध गराएको राहत प्रत्येक वडा कार्यालय मार्फत वितरण गर्न गर्दैछ। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले गरेको लकडाउनका कारण लेटाङको जनजीवनसमेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्