कोरोना भाईरस ,यसको असर र अप्नाउनु पर्ने सावधानी – मुकेश पौडेल

कोरोना भाईरस ,यसको असर र अप्नाउनु पर्ने सावधानी – मुकेश पौडेल

मुकेश पौडेल

माहमारी भन्नाले कुनै पनि रोग निस्चित ठाउँमा एकदम नै चाडो सन्क्रमण फैलनु भनेर बुझिन्छ तर यही महामारी एकदम  ठुलो जान संख्यामा रोगको ब्यबस्थापन नै गर्न गाह्रो किसिमले देखियो भने त्यसलाई स्वास्थ्य सम्बन्धी शब्दावलिमा Pandemic भनिन्न्छ । र अहिले पछील्लो समयमा कोरोना भाईरस विश्व ब्यापी रुपमा फैलिएको कारणले यसलाई विश्व स्वास्थ्य संगठनले Pandemic को रुपमा घोषणा गरिसकेको छ । विश्व ब्यापीरुपमा संक्रमण बढ्दै गएको र यसबाट मृत्‍यु हुने क्रम बढ्दै गएकोले यस लाई Pandemic घोषणा गरिएको हो ।

कोरोना के हो त?
कोरोना ग्रुप अन्तर्गतका भाईरस बिशेष गरी स्तनधारी प्राणी तथा चराचुरुङीमा रोग गराउने भाइरस हो र यस भाईरसले मानिसमा श्वास प्रश्वास सम्बन्धी रोग लगाउने गर्दछ। कोरोना भाईरस सन १९६० मै पत्ता लागिसकेको थियो तर यसको खोजी भने ब्यापक रुपमा गरिएको थिएन । ( "History and recent advances in corona virus discovery". The Pediatric Infectious Disease Journal) बाट सभार। यो भाईरस सन २०१९ डिसेम्बरमा चाइनाको वुहान भन्ने शहरमा पहिलो पटक देखा पर्‍यो र यसको सन्क्रमण बढ्दै गएपछी ३० जनवरी २०२० मा pandemic घोषणा गरियो।

यो रोग कसरी लाग्छ त?
यो रोग कुनै कोरोना लागिसकेको ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न सक्छ । रोगी ब्यक्तिले खोक्दा अथवा हाक्ष्यु गरेको थुकको छिट्टाबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न सक्छ । अथवा कुनै रोगी ब्यक्तिको प्रतक्ष्य सम्पर्कमा आउँदा यो रोग सर्न सक्छ । त्यस्तै यो रोग बिभिन्न जनावरहरुमा देखा पर्न सक्छ तर ति जनावरहरुबाट यो रोग मानिसमा सर्न सक्दैन।( "Dogs, cats can't pass on coronavirus, but can test positive". abcnews. 5 March 2020) बाट सभार ।

यो रोग लागिसक्ने बित्तिकै सुरुमा त्यस्तो केही लक्षण हरु देखिदैन । तर बिस्तारै यो रोग लागिसकेको केही दिन पछी मात्रै यसको लक्षणहरु देखा पर्न थाल्छ । त्यस कारण यो रोग कस मा छ कसमा छैन त्यतिकै भन्न सकिदैन। अर्को कुरा के छ भने यो रोग हाम्रो शरीरको प्रतिरोधक शक्तिसँग सम्बन्धित भएको ले केही मानिसहरुमा बिना कुनै लक्षण मानिसहरु संक्रमित रहन सकेका हुन्छन ।

यसको लक्षणहरु

यो रोग लागेको सुरुका केही दिन हरु कुनै पनि लक्षणहरु देखा नपर्न सक्छन तर सम्पर्क भएको केही दिन पछी (३ दिन पछीबाट ) लक्षणहरु देखा पर्न थालछन ।
यस्को प्रमुख लक्षण भनेको कडा प्रकृतिको ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु, घाटी दुख्नु, टाउको दुख्नु हुन्छ । साथै यो रोग ले बिशेष गरी हाम्रो श्वास प्रश्वास प्रणालीमा असर गर्ने भएकोले यसको कैयौ लक्षणहरु रुघाखोकी लाग्दा तथा निमोनिया भएको बेला देखा पर्ने लक्षणहरु देखा पर्छन । त्यसकारण यो कोरोना नै हो भन्नका निम्ती डाक्टरलाई देखाएर कोरोनाको परिक्षण गरिसकेपछी मात्र कोरोना हो या हैन भन्न सकिन्छ ।

हाम्रो देशमा कयौ सामुदायमा रुघा खोकी तथा निमोनियाको सन्क्रमण पहिले कै अवस्थाबाट धेरै पाउन सकिन्छ । पछिल्लो  समयमा कोरोना विश्वब्यापी रुपमा फैलिएकोले उस्तै लक्षणहरु देखा पर्ने भएकोले मानिसहरु त्रसित भएको पाउन सकिन्छ ।

यसको रोकथामका उपायहरु

यो एक किसिमको सरुवा रोग भएकाले यसलाई एक ब्यक्तिबाट अर्को ब्यक्तिमा संक्रमण फैलन नदिन रोकथामका उपायहरु अप्नाउन सकिन्छ।

यो रोगको रोकथामका लागि निम्न उपायहरु अप्नाउन सकिन्छ :

-खोक्दा अथवा हाक्ष्यु गर्दा पुरा नाक मुख छोपेर खोक्ने तथा हाक्ष्यु गर्ने
-साबुन पनि ले राम्रो सँग (करीब २० सेकेन्ड सम्म) मिची मिची हात धुने
-भिड भाडमा नजाने
-मास्कको प्रयोग गर्ने
-शरीरिक सरसफाइ गर्ने
-संक्रमित मान्छेको प्रत्यक्ष सम्पर्क र टाढा बस्ने
-आफुलाई सेल्फ आइसोलेसन वा क्वेरन्टाइनमा राख्ने

पछील्लो समयमा विश्वव्यापि रुपमा फैलिएको यो रोग हाम्रो देश नेपालमा पनि देखा परिसकेको छ । र यसको रोकथामका लागि नि कयौ प्रयासहरु भैरहेको छन।
अहिलेको समयमा विश्वका धेरै मुलुक लकडाउनमा छन भने हाम्रो देश पनि लक डाउनमा छ । हामीले यो रोग सर्ने तरिकाको चर्चा गरिसकेका छौ र एक ब्यक्तिबाट अर्को ब्यक्तिको संपर्कमा आउन नदिनका लागि लकडाउन गरिएको हो।

हामीले चर्चा गरिसकेको छौ कि यो रोग लाग्ने बित्तिकै कुनै किसिमको लक्षण तथा चिन्हहरु देखा नपर्न सक्छन र को ब्यक्ति रोगी हो या होइन भनेर नि थाहा नहुने भएकोले प्रत्यक्ष सम्पर्कबाट रोक्नका निम्ती यो लकडाउन गरिएको हो। आफु नि बच्दै र अरु लाई नि बचाउदै यो रोग फैलन नदिनका लागि लकडाउन पालन गर्न आवश्यक छ ।

नेपालमा सुरुका दिनमा बिदेशबाट आएका मानिसमा मात्र कोरोनाको संक्रमण देखिएको थियो। जून पहिलो चरण थियो भने केही दिन यता रोगी मानिसहरुबाट नेपाल कै समुदायमा भएको मानिसमा यो रोग भेटिएकोछ जुन रोगको दोस्रो चरण हो । यसरी नै फैलदै गयो भने आम समुदायका मानिस संक्रमीत हुने र पुरै समुदायबाट रोग फैलने हुन सक्छ जुन तेस्रो चरण हुन जान्छ । त्यस्तै तेस्रो चरणबाट जब रोगको घटनाक्रम बढ़दै जान्छ तब पुरै समुदाय वा देशभरी फैलन्छ र ब्यवस्थापन गर्न एकदम मुश्किल पर्छ त्यस अवस्थामा रोग चौथो चरणमा गैसकेको हुन्छ। त्यसकरण यो रोग फैलन नादिनका लागि हामीले सावधानी अपनाउन जरूरी देखिन्छ।

यो रोगको सुरु अवस्थामा लक्षण चै देखा नपर्ने तर संक्रमण हुन सक्ने र संक्रमण फैलन सक्ने अवस्था हुन्छ भन्ने कुराको चर्चा भैसकेको छ त्यस्तै यो रोग छ वा छैन भन्न का लागि टेस्ट गर्नु पर्ने कुरा नि राखिसकेका छौ । हाम्रो देशमा टेस्ट गर्ने पर्याप्त उपकरण नहुँदा केही ढिला हुन गैरहेको छ भने अर्को तिर रोगीहरुको पहिचान नहुँदा रोग फैलदै जान सक्ने सम्भावना नि बढी छ । तसर्थ अहिलेको अवस्थामा मानिस हरुको प्रत्यक्ष सम्पर्कबाट टाढा बस्नका लागि सरकारले कायम गरेको लकडाउन पालन गरी घर मै बस्नु उचित एबम सुरक्षित हुन्छ।

यो रोग सँग लड्नका लागि स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी तथा सुरक्षा निकायहरु प्रथम घेरामा रहेका छन र सँगसँगै उनिहरु न उत्तिकै जोखिममा रहेका छन । पछिल्लो समयमा जुन तरिकाको रोगको डर र त्राश छ त्यसबाट हाम्रो देशको स्वास्थ्य सेवामा पनि ठुलो प्रभाब परेको छ । ब्यक्तिगत सुरक्षाका उपकरण जसलाई PPE (personal protective equipment) भनिन्छ । यी उपकरणहरु पर्याप्त मात्र मा नहुँदा स्वास्थ्य क्षेत्रका ब्यक्तिहरुले प्रभावकारी सेवा दिन सकेका छैनन ।यदी स्वास्थ्य क्षेत्रकै ब्यक्तिहरु असुरक्षित तथा संक्रमीत भए भने ऊनीहरु को संपर्क मा आउने सम्पूर्ण मानिस रोग को जोखिममा पर्छन । साथै भोलिका दिनमा आउन सक्ने यो भन्दा भयाबह अवस्थामा स्वास्थ्यकर्मीहरुको अभाब हुन नि सक्छ यस अवस्थामामा स्वास्थ्यकर्मीहरुको मार्का तथा पिडा बुझ्न पनि जरुरी हुन जान्छ ।
हामी सम्पूर्ण नेपाली जनता आँफै सजक भइ सरकारले कायम गरेको लकडाउनको पालना गरेर अत्यावश्यक काम भन्दा बाहेक घरबाट ननिस्कि बस्न त्यस्तै साबुन पानीले राम्रोसँग हात धुन र रोगी, अपरिचित तथा अन्य मानिसहरुको प्रत्यक्ष सम्पर्कबाट टाढा रही दुरी कायम गर्न आवश्यक देखिन्छ यो रोग सर्न तथा फैलिन नदिन हामी जनता कै हातमा भएकोले हामी आँफै जागरुक हुन आवश्यक देखिन्छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्