“लकडाउनले परेको असुविधाप्रति चिन्तित छु” – प्रधानमन्त्री

“लकडाउनले परेको असुविधाप्रति चिन्तित छु” – प्रधानमन्त्री

काठमाडौं चैत २५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही नेपाली सहित धेरैले ज्यन गुमाएको सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितको स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

हाम्रो पुस्ताले भोगेको कठिन युद्धमा यसको लडाइँमा रहेको भन्दै प्रमले विश्व समुदायप्रति एक्वद्धता जनउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आफू लामो समय एकान्तवास बसेकाले यो समय निक्कै पिडादायी भएको बताउनु भएको हो । प्रधानमन्त्री खोप पत्ता लगाउन नसकेको अवस्थामा लक डाउननै अन्तिम विकल्प भएको सरकारले समेत बुझेकाले आजवाट ८ दिनको लागि लकडाउन बढाउन बाध्य भएको बताउनु भएको छ ।

उहाँले बाकी अवधिका लागि सहयोग र धैर्य कायम गर्न समेत आम नागरिकहरुलाई अनुरोध समेत गर्नुभएको छ । उहाँले सिमित औषधी र स्वास्थ्य सामाग्रीकोमा समेत नेपालले गरेको काम निक्कै सर्हानिय छन् । यतीबेला चर्काे घाम र रातको अध्यारोमा समेत नागरिकको स्वास्थ्यमा ख्याल गर्ने सुरक्षाकर्मीलाइ सहयोग गर्ने अनुरोध गर्नुभएको छ ।

यो संकटका बेला प्रदेश र स्थानीय सरकारको भुमिका कस्तो रहने रहेछ भनेर आम नागरिकमाथि प्रष्ट भएको उहाँले बताउनु भएको छ । उहाँले सरकारले कोरोना नियन्त्रण तथा भोकमरीजस्ता समस्या समाधानका लागि जनप्रतिनिधिले गरेको काम प्रति सम्बाेधनका क्रममा सम्मान व्यक्त गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्