सप्तरीको दलित बस्ती राहतको पर्खाइमा, दैनिकी निकै कष्टकर

सप्तरीको दलित बस्ती राहतको पर्खाइमा, दैनिकी निकै कष्टकर

देवराम प्रसाद यादव
सप्तरी चैत २५ गते । लकडाउनका लगातार १५ औैं दिन भइ सक्दा रोजगारीका लागि निस्कन नपाई घरमै सिमित रहनु पर्ने बाध्यताले हातमुख जोडने समस्यामा परेकाहरुले सहयोगका लागि हारगुहार गरिरहेका छन् ।

विशेष गरी जिल्लाको ग्रामिण क्षेत्रका दलित बस्तीहरुमा बढी देखिन थालिएको हो । सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका महिलाहरु अर्काको घर र खेतमा काम गर्छन भने पुरुष सदस्यहरु ईटाभटा, होटल, कलकारखाना लगायतका स्थानमा मजदुरी गरी परिवारको लालन पालन गर्दै आएका छन् । तर अहिले कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै गरिएको लकडाउनका कारण ति सवै काम बन्दछन ।

जसकारण उनीहरुको दैनिकी निकै कष्टकर बनेको छ । संकटका बेला कोही जनप्रतिनिधि सोधखोजका लागि नआउँदा उनीहरु निकै आक्रोशित पनि भएका छन् ।
‘चुनावका बेला निकै आश्वासन बाढेका थिए, तर जितेर गएपछि एक पटक पनि फर्केर आएका छैनन । दलित बस्तीकी सकुन्तला सदाले भनिन, अहिले संकटका बेला जनप्रतिनिधि फोन पनि उठाउदैनन, सुविधा भोगी बनेर घरमै सिमित भएका छन् ।

यस्तै गुनासो ति बस्तीका अधिकांशले पोखेका छन् । अहिले ति बस्तीका बृद्वबृद्वा, बालबालिका र महिलाको अवस्था निकै दयनिय देखिएको छ । ‘घरमा अन्नपात केही छैन, अघिकांशले यस्तै दुखेसो व्यक्त गरेका छन् ।

राजगढ गाउँपालिकाका प्रमुख प्रमानन्द यादवले आफु ति बस्तीका मजदुर र विपन्न परिवारको समस्या प्रति जानकार रहेको बताउछन् । उहाँले लकडाउनका कारण प्रभावित रहेका ति बस्तीका मजदुर तथा विपन्नहरुको पहिचान गरी नामावली संकलन गर्ने कार्य सकिएको र १÷२ दिन भित्रै राहत उपलब्ध गराउने तयारी गरिएको बताउनु भयो । लकडाउनका कारण घर बाहिर निस्कन नपाई बेरोजगार भई भोकभोकै बास्न बाध्य मजदुर तथा विपन्नहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने स्थानियले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्