प्रधानमन्त्रीकै गृहनगर दमकबाट पूर्वराजा ज्ञानेन्द्रको ट्वीट, सम्बोधनप्रति बेखुश

प्रधानमन्त्रीकै गृहनगर दमकबाट पूर्वराजा ज्ञानेन्द्रको ट्वीट, सम्बोधनप्रति बेखुश

काठमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखिएका छन् । सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् ।

उनले राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको  अभियानमा सघाउन आमजनतासँग अपील गरेका थिए ।

उनले अबको दुई साता निकै कठिन हुने भन्दै लकडाउनलाई पालना गर्न नागरिकसँग आग्रह गरेका थिए । उनले स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा उठेका सार्वजनिक चासोप्रति आम जनतालाई आश्वस्त पार्नेभन्दा पनि उक्त खरिद प्रकरणमा जोडिएका मन्त्री र प्रशासकको बचाउ गरेका थिए ।

गरीब र समस्यामा परेकाहरुलाई सरकारले भोकै मर्न नदिने पनि बताए थिए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले भनेका छन्, ‘कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक हो । राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’

उनले लेखेका छन् :

कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।

फागुनको अन्तिमतिर भारतको सिक्किम र दार्जिलिङ भ्रमणमा गएका पूर्वराजा शाहका परिवार झापामा रोकिएका हुन् । उनी दमकमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्