लकडाउनको पिडा :ओखलढुंगाबाट धरान कमाउन आएकी ढगकुमारीको बिचल्ली,दुइछाक टार्न धौधौ

लकडाउनको पिडा :ओखलढुंगाबाट धरान कमाउन आएकी ढगकुमारीको बिचल्ली,दुइछाक टार्न धौधौ

विराटनगर चैत २५,
यति बेला लकडाउनका कारण मुलुकभरका सडक सुन्य छ । सडकमा प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी बाहेक अन्य खाद्यन्नका सामाग्रीका सवारी साधन फाटटफुटट गुडेको देख्न सकिन्छ ।
तर कुतिपय सडकमा पत्याउन नै नसक्ने खालका दृष्य पनि देखिने गरेको पाईन्छ ।

हो अहिले लकडाउनका कारण सडकहरु सुनसान देखिन्छन् । तर त्यही सडकमा एउटा फरक दृष्य देखिन्छ । कुम्लोमा सकि नसकी भारी बोकेर एक महिला हिड्दै गरेको देखिन्छ । अनि त्यही भारीको साथमा दुई जना साना नानीहरु पनि । दृष्य हो चैत्र २५ गते मंगलबार विहान ७ बजे सुनसरी धरान तिनकुने प्रवेशद्धाराको । ओखलढुङ्गा वेतनी ८ की ४० बर्षिया ढगकुमारी धमला गत चैत्र १० गते धरान काम गर्न गाँउबाट आएकी हुन् । गाँउमा पढ्दै गरेका नानीहरुको परीक्षा सकेर धरानमा काम गर्न आएकी हुन उनी । तर उनी आएको भोली पल्ट नै लकडाउन भयो । काम गर्न गाँउबाट आएकी उनी लकडाउनका कारण काम गर्न पाईनन् । उनी जसोतसो धरान विजयपुर वनधारामार्गमा आफन्तको बसिन् । तर लामो समयदेखी अरुकोमा बस्दा बस्दा आफैलाई अफ्ठारो लाग्दै आयो । अरुकोमा कतिन्जेल बस्नु भनेर गाँउ नै जाने निर्णय गरिन् । साथमा रहेका ८ बर्षिय बालक र १२ बर्षिया छोरीको साथमा हिड्दै गरेको दृष्य त्यहा देखिन्छ ।उनी गाँउमा लगाएको मकै गोड्ने बेला भईसक्यो भन्दै घर जाने नै निर्णय गर्छिन् । केटाकेटी पनि गाँउ नै जाने भनेर कराको कराई गर्छन् । लकडाउनको कारण सबै यातायात बन्द छ । तर उनी हिडेर जाने भन्दै बोरामा नानीहरुको कपडा र केही खाने कुरा बोकेर हिड्दै गरेको भेटिएको बेला केहीकुराकानी गरेको छौ ।

उनीहरुको त्यो कथा भित्रको व्यार्थ देखेर साना नानीहरुलाई बाटोमा खाजा पानी खानको लागी केही पैसा दिन मन लाग्यो । कहीबेरको कुराकानीपछि उनी धरान तरहरा बिचमा पर्ने विश्वकर्मा मन्दिरको धर्मशालामा नै बस्ने भनेर २ जना नानिहरुसँग बाटो लाग्छिन् ।
उनी त्यहाँ बस्न भनेर त हिडिन् तर त्यहाँ बस्नको लागी कुनै व्यावस्थित स्थान थिएन । बस्ने ठाँउ नभेटिएपछि त्यही मन्दिरमा रहेको प्रतिक्षालयमा भारी विसाएर बोरामा बोकेको काँक्रा खादै थिए । हामी पनि ती विचल्लीमा परेका पिडितहरुलाई मन्दिरका पुजारीहरुलाई विहानको खाना खुवाउन आग्रह गर्यो । उनीहरु अझै पनि त्यही प्रतिक्षालयमा नै बसिररहेका छन् । राज्यले गरेको लकडाउनमा आज उनी जस्तै धेरै आम सर्वसारणहरु विचल्लीमा परेका छन् । लकडाउनको समस्यामा परेकालाई राहत कोषमा करोडौ रकम जम्मा भईसकेको छ ।

यसरी अबर परेका व्याक्तीहरुलाई राज्यले घर सम्म जाने बातारण मिलाउन नसके पनि उनीहरुलाई लकडाउन अवधीभरी बस्ने र खाने बातारण मिलाउन आश्वयक देखिन्छ । अन्तत के मात्र भन्न चाहान्छु भने राज्यले आज सम्म यसरी अभरमा परेकालाई व्यावस्थापन गर्न त सकेन सकेन तर यदि आज यो भिडियो कुनै सामाजिक संघसस्थाले हेरीरहनुभएको छ भने दुईहात जोडर आग्रह गर्दैछु कृपाय यसरी विचल्लीमा परेका यी पिडीतलाई केहीदिन भएपनि बस्ने खाने बाताबरण मिलाईदिनुहोस त्यो तपाईको ठूलो धर्म हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्