मोरङको लेटाङमा राहत वितरण जारी ,छुटेकालाई चाडैं वितरण हुने

मोरङको लेटाङमा राहत वितरण जारी ,छुटेकालाई चाडैं वितरण हुने

मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ ले राहत वितरण सुरु गरेको छ । राहत सोमबारबाटै वितरण गरिने भनिएकोमा केही समस्याका कारण मंगलबारबाट राहत वितरण सुरु गरिएको वडाध्यक्ष विष्णु मगरले बताए ।

राहत वडाका भूमिहीन, सुकुम्बासी, विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइने छ । जहाँ ४ जनाको परिवारलाई १२ केजी चामल, १ केजी दाल, एक पोका तेल, एक केजी नुन, सोयाबिन २५० ग्राम र एउटा साबुन रहेको छ । त्यसैगरी ५ देखी ७ जनासम्मको परिवारलाई १५ केजी चामल डेढ केजी दाल, दुइ पोका तेल, एक केजी नुन, सोयाबिन ४०० ग्राम र दुइवटा साबुन छ । त्यस्तै ८ जनादेखि माथीको परिवारलाई १८ केजी चामल २ केजी दाल, तीन पोका तेल, एक केजी नुन, सोयाबिन ५०० ग्राम र तीन वटा साबुन रहेको वडाध्यक्ष मगरले बताए । प्रथम चरणको राहत वितरणका क्रममा वडाका १२० परिवारलाई राहत वितरण गर्न लागिएको हो । आफ्नो वडा भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले करीब ३ दिनसम्ममा राहत वितरण गरिसक्ने वडाध्यक्ष मगरको भनाई छ ।

लेटाङ नगरपालिकाले उपलब्ध गराएको राहत प्रत्येक वडा कार्यालय मार्फत वितरण गरिएको नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले बताइन् । साथै राहत पुग्न छुटेका विपन्न परिवारलाई समेत चाँडै नै राहत वितरण गरिने जानकारी दिइन् । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले गरेको लकडाउनका कारण लेटाङको जनजीवनसमेत प्रभावित बनेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्