इटहरीको सबै भन्दा ठुलो बैगुन चढाउने सिरुवा मेला लकडाउनको कारण रोकियो

इटहरीको सबै भन्दा ठुलो बैगुन चढाउने सिरुवा मेला लकडाउनको कारण रोकियो

इटहरी चैत २६ । इटहरी स्थित कचना महादेवको मन्दिरमा यो बर्ष मेला रोकिएको ब्यवस्थापन समितिले जनाएको छ । कोरोना भाईसरको सन्त्रास सँगै लकडाउनको कारण इटहरीको सबै भन्दा ठुलो सिरुवा मेला रोकिएको हो ।

कचना महादेवको मन्दिरमा लाग्ने मेलाको फरक महत्व रहेको छ । यस मेलामा मानिसहरु रमाइलो गर्न भन्दा पनी वैगुनको भार चढाउन आउने गर्दछन । गुनको भार चढाउने शिवको मन्दिरका रुपमा प्रख्यात यस मन्दिरमा प्रत्येक वर्ष वैशाख ३ गते मेला लाग्ने गर्छ । यो बर्षको मेला रोकिएको छ मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार सुर्य राईले भने ।

मेला लाग्ने स्थल कचना महादेवको मन्दिरमा वैगुनको भार चढाएमा शरीरमा आएका मुसा निको हुने जनविश्वास रहिआएको छ । साथै हराएका गाईवस्तु फेला पर्ने र मनोकांक्षा पूर्ण हुने विश्वासका कारण पुर्वी नेपालका साथै भारतबाट समेत तीर्थयात्रीहरु यस मन्दिरमा पुजा गर्न आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्