मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा अति बिपन्न ७० परिवारलाई राहत सहयोग

मोरङको लक्ष्मिनिया युवा क्लबद्वारा अति बिपन्न ७० परिवारलाई राहत सहयोग

विराटनगर चैत्र २६ ,

जहदा गाउँपालिका वडा ४ र ५ र कटहरीका अति बिपन्न्न,गरिब तथा दलित परिवारलाई लक्ष्मिनिया युवा क्लबले राहत वितरण गरेको  छ। क्लबका युवाहरु कोरोना भाइरसको विरुद्ध गरिएको लकडाउनबाट पीडितहरुलाई राहत उपलब्ध गराउन जुटेका छन् । दुई सातादेखि लकडाउनमा पीडित भएका गरिब असहाय परिवारहरुमा भोकमरीको अवस्था सिर्जना हुन थालेपछि सहयोगीहरु राहत वितरण सुरु गरिएको हो ।

उक्त राहत ह्युमानिटी फाउन्डेसनका अध्यक्ष सलीम अन्सारी , समाजसेवी तथा लक्ष्मिनिया युवा क्लबको सल्लाहकार बिनिता सिंह र राम नगिना साहबाट उपलब्ध भएको थियो। क्लबका अध्यक्ष नितेश कुमार साहको अगुवाईमा जहदाका विपन्न तथा लकडाउनबाट प्रत्यक्ष प्रभावित पहिलो दिन ६० जना र दोश्रो दिन १० जनालाई ५ किलो चामल,दाल,नुन,खाने तेल, साबुन,मास्क,चिउरा,चाउचाउ सहित राहत बितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्