कोरोना अपडेट: नेपालमा १७५ जना रेड जोनमा,२ हजार ३६६ जनाको नमुना संकलन

<span class='c1'>कोरोना अपडेट: नेपालमा १७५ जना रेड</span> <span class='c2'>जोनमा,२ हजार ३६६ जनाको नमुना संकलन</span>

कोरोना भाइरसको आशंकामा २ हजार ३६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्षण गरिएको बताए । उनले काठमाडौ बाहिर चार सय एक जनाको नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए ।

“बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १३४ जना उपचाररत रहेका छन्,” उनले भने “हिजो बेलुकासम्म कैलाली र कञ्चनपुरमा १९८ जनाको ¥यापिट टेस्टकिट र पीसीआर मेसिनबाट गरिने स्वाब संकलन गरिएको छ ।” देशैभरका क्वारेन्टाइनमा ८ हजार ५ सय ८० जना रहेका उनले जानकारी दिए ।

गत २४ घण्टामा मन्त्रालयले जारी गरेको मोबाइल एपमा ३ जना रेड जोनमा परेका छन् त्योसँगै आजसम्म १७५ जना रेड जोनमा रहेको मन्त्रालयले जनाएको छ ।

पीसीआर मेसिनमा प्रयोग गरिने रिएजेन्ट १ हजार थान चौधरी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्