धरानमा लकडाउन उल्लंघनको क्रम बढ्दै, अनुगमन भन्दै राजनीतिक दलका कार्यकर्ता विना सुरक्षा घुम्दै

<span class='c1'>धरानमा लकडाउन उल्लंघनको क्रम बढ्दै, अनुगमन भन्दै</span> <span class='c2'>राजनीतिक दलका कार्यकर्ता विना सुरक्षा घुम्दै</span>

जयकृष्ण यादव
इनरुवा, चैत २६ गते । सुनसरीको धरानमा कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लक डाउनको घोषणा गरेको १६ दिन बिते पनि लक डाउन उल्लंघनको क्रम बढ्दै गएको छ ।
एक अर्कामा सर्न सक्ने भएकाले सामाजिक दुरी कायम गर्न र सकेसम्म घरमै बस्न भन्दै सरकारले लक डाउन घोषणा गरेको भए पनि यसको उल्लंघनको क्रम बढ्दै गएको हो ।

केही दिन यता राजनीतिक दलहरु पनि अनुगमनको नाममा लक डाउन उल्लघंन गर्दै समूह बनाएर अस्पताल, नगरपालिका, वडा र सरकारी निकायहरुमा पुग्ने गरेका छन् । अनुगमनमा निस्किएका समूहले कुनै पनि सुरक्षा अपनाएका छैनन् ।

अनुगमनको नाममा निस्किएको समूह पनि कोरोनाको संक्रमणमा पर्न सक्ने चिकित्सकहरुको सुझाव छ । मास्क मात्रै लगाएर अस्पताल लगायत कृषि बजारको अनुगमन गर्दा जोखिम बढ्ने प्रतिष्ठानका एक चिकित्सकले बताउनुभयो ।

डा. विकास साहले भन्नुभयो, ‘समूह बनाएर अनुगमन गर्न आउने, स्वास्थ्य सुरक्षाको सामग्री प्रयोग नगर्ने, उनीहरुले नै लक डाउनको उल्लंघन गरिरहेका छन् ।’ अनुगमनका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले कार्यविधि अनुसारको टोली बनाएको छ । धरान उपमहानगरपालिकाले पनि छुट्टै अनुगमन टोली बनाएको छ ।
लक डाउनको अवस्थामा सम्बन्धित निकाय बाहेकको अनुगमन अवैधानिक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । नेपाली कांग्रेसको टोलीले गरेको अनुगमन पनि अवैधानिक रहेकाले तुरुन्तै रोक्न प्रशासनलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले हिजो नै सुनेको थिएँ, तुरुन्तै काँग्रेसकै नेताहरुलाई भेटेर जानकारी गराई सकेको छु, इलाका प्रहरी कार्यालय धरानका प्रमुखलाई पनि रोक्न निर्देशन दिइसकेको छु ।’

स्थानीय तह तथा सम्बन्धित पक्षले काम गरे नगरेको भन्ने विषयमा स्थानीय प्रशासनसँग जानकारी लिन पाउने भए पनि समूह बनाएर अनुगमनको नाममा भिडभाड नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्