सकारात्मक समाचार : कोरोनाबाट हालसम्म ३ लाख २९ हजार निको भएर घर गए

सकारात्मक समाचार : कोरोनाबाट हालसम्म ३ लाख २९ हजार निको भएर घर गए

विराटनगर चैत्र २७,

यतिबेला कोरोना भाइरस विश्वका लागि त्रासको विषय बनेको छ । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको संक्रमण यतिबेला २०९ देशमा फैलिएको छ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख १३  हजार ९ सय ३५ पुगेको छ भने ८८ हजार ४ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित र मृतकको संख्या बढ्दै जाँदा कोरोना भाइरसको त्रास पनि फैलँदो छ । संक्रमित भएका देशहरूमा संक्रमण फैलिन नदिन र संक्रमण नभएका देशमा संक्रमणबाट जोगिन अनेक उपायहरु अपनाउन थालिएको छ । धेरैलाई कोरोना भाइरस लागेपछि मृत्यु हुन्छ भन्ने त्रासले सताएको पाइन्छ ।

तर, कोरोना भाइरस लाग्नेबित्तिकै मृत्यु हुने हाेइन । कोरोना भाइरस संक्रमण भएकामध्ये १ हजार जनामा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ ।

कोरोना भाइरस लागेका ३ लाख २९  हजार ७ सय ३१ जना उपचारपछि निको भइसकेका छन् । यो कोरोना भाइरस संक्रमितमध्ये करिब २२ प्रतिशत हो । वर्ल्डमिटरका अनुसार हाल कोरोना भाइरस संक्रमित १० लाख ९५ हजारको हाराहारीमा छन् । तीमध्ये १० लाख ४७ हजारको अवस्था मध्यम छ भने ४८ हजारको अवस्था जटिल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्