काठमाडौंमा रहेका तराईवासी मजदुरहरू पैदल हिँडेर आफ्नो घर जादै

काठमाडौंमा रहेका तराईवासी मजदुरहरू पैदल हिँडेर आफ्नो घर जादै

लकडाउनसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको सङ्ख्या बढ्दै गएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले लक डाउन घोषणा गरैसँगै काठमाडौंमा रहेका तराईवासी मजदुरहरू बीपी राजमार्ग हुँदै पैदल हिँडेर आफ्नो घर हिँडेका हुन् ।

अघिपछि सामान्यतया पाँच घण्टाको गाडीको यात्रामा पार गरिने बीपी राजमार्ग हुँदै घर जानेको लर्को नै रहेको स्थानीय बासिन्दा बताउँछन् । लक डाउन घोषणा भएसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हँदै हुलका हुल व्यक्ति तराई गई रहको सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी निवासी सन्तोष दाहाल बताउँछन् ।

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले देश लक डाउन गरेसँगै काठमाडौंमा अलपत्र परेका सिन्धुलीसहित विभिन्न जिल्लाका यात्रु पैदल नै यात्रा गरेर गन्तव्यमा पुग्न थालेका हुन् ।

बीपी राजमार्गस्थित सिन्धुलीको हिरापानी चोकमा भेटिनु भएका सिरहा जिल्लाको गोलबजार घर बताउने रामविश्वास मण्डल काठमाडौबाट हिडेको चार दिन भएको बताउँछन् । भक्तपुरस्थित इँट्टा भट्टामा काम गर्ने रामशिवासे लक डाउनका कारण भट्टा बन्द हुँदा अलपत्र परेर साथीहरू मिलेर घर हिँडेको बताए । स्थानीयका अनुसार बीपी राजमार्ग हुँदै हुलका हुल काठमाडौँबाट हिँडेरै तराईतर्फ जाने दैनिक यात्रु भेटिन्छन् ।

काठमाडौंबाट हिँडेरै तराईका विभिन्न जिल्लामा पुग्ने लक्ष्य राखेर हिँडेका कतिपय अलपत्र यात्रुलाई भने बीपी राजमार्गको रुटमा पर्ने नगरपालिका र गाउँपालिकाले स्थानीय प्रशासन र प्रहरीको रोहबरमा गाडी खोजेर गन्तव्यसम्म पुर्‍याउने काम समेत भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डे बताउँछन् ।

‘काठमाडौंबाट हिँडेर सिन्धुलीको सिमानासम्म आइपुग्दा ७० किलोमिटरभन्दा बढी हिँडेको हुन्छन् । हामीले रोक्दा त्यहाँबाट फेरि त्यति नै हिँडेर फर्किनुपर्‍यो, उाले भने, ‘दिनदिनै सयौँको सङ्ख्यामा मानिस आईरहेका हुन्छन् । तिनीहरूलाई कहाँ व्यवस्थापन गर्ने, न त स्रोत नै छ ।’ माथिबाट छाड्ने निर्देशन नभए तापनि अवस्थालाई हेरेर पैदल यात्रीलाई गन्तव्यमा जान छाडिएका उनको भनाइ थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरले त्यहीँबाट त्यस्ता व्यक्तिलाई हिँड्न नदिए बीचमा यो समस्या सिर्जना नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडकमा यतिखेर हुलका हुल हिँड्नु कोरोना भाइरसको निकै जोखिम रहेको पनि प्रजिअ पाण्डेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्