भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था

भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था

अपडेट : यस निर्णयबाट सरकार पछि हटेको छ । सरकारले निर्णय फिर्ता लिएको छ । 

सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ ।

स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्‍न ठाउँमा गाडीको व्यवस्था समेत मिलाउने तयारी गरिएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो ।  गाडीको व्यवस्था कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बेलुकासम्म यसबारेमा टुंगो लगाइनेछ ।

यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ । काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्