प्रधानमन्‍त्री ओलीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ

प्रधानमन्‍त्री ओलीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ

काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ऐसेंलुखर्क १, खोटाङ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनीखेल बस्‍ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका ताराले प्रधानमन्‍त्रीलगायत पूर्वप्रधानमन्‍त्री, वर्तमान रक्षामन्‍त्रीको तस्बिर प्रयोग गरी अमर्यादित कार्य गरेको प्रहरीको आरोप छ ।

यस्तै रामकुमारले प्रधानमन्‍त्री ओलीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोप छ । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नविन्द्र अर्यालले पुष्टि गरे ।

पक्राउ परेका दुवै जनामाथि साइबर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्