फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै आएका इलामका दुई जना युवामा कोरोना देखिएन

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै आएका इलामका दुई जना युवामा कोरोना देखिएन

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) चैत्र २८ गते । फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ ।
जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिएको बताउनुभएको हो ।

यसैगरी, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि इलाममा ११ बेडको आइसोलेसन उपचार कक्ष निर्माण गरिएको छ । इलाम नगरपालिकाकोे इलाम बजार नजिक रहेको जिल्ला समन्वय समितिको भवनमा आइसोलेसन उपचार कक्ष निर्माण गरिएको हो ।

५० शैयाको इलाम अस्पतालमा दुई बेडको आइसोलेसन उपचार कक्ष बनाए पनि नपुग्ने भएपछि नौ बेड थप गरिएको छ । जिल्ला समन्वय समितिको नयाँ भवनमा अक्सिजन, भेन्टिलेटर सहितको ९ बेडको आइसोलेसन कक्ष निर्माण गरिएकोे जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिनुभयो ।

जिल्लामा स्वास्थ्यकर्मीका लागि ८० थान पी.पी.ई. उपलव्ध गराइसकेको समितिले जनाएको छ । आइसोलेसन कक्ष व्यवस्थापनको काम सकिएको र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा राखिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो ।

अस्पतालले ¥यापिड रेस्पोन्स टिम बनाइएको छ । उपचारमा खट्ने ¥यापिड रेस्पोन्स टिममा अस्पतालका मेडिकल अधिकृत, स्टाप नर्स सहित चार जनाको टोली छ । कोभिड–१९ को संक्रमित देखिए तत्काल उपचारका लागि अस्पताल लैजानका लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्