झापामा पनि कोरोना भाइरस परिक्षण सुरु, प्रदेश १ का चार जिल्लामा हुदै

झापामा पनि कोरोना भाइरस परिक्षण सुरु, प्रदेश १ का चार जिल्लामा हुदै

विष्णुप्रसाद पोखरेल
दमक, चैत २९ गते । झापामा क्वारेन्टाईनमा रहेकाहरुको कोरोना भाइरसको जाँच शुरु भएको छ । ¥यापिड डाइगोनोस्टिक टेष्ट किट (आरडीटी) बाट शुक्रबारदेखि परीक्षण शुरु भएको हो । प्रदेश १ को झापा सहित चार जिल्लामा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनु भयो ।

झापा, मोरंग, सुनसरी र उदयपुरमा रहेका क्वारेन्टाइनहरुमा एकसाथ आरडीटी मार्फत परीक्षण शुरु भएको उहाँले बताउनु भयो । झापामा आउनु भएका उहाँका अनुसार शुक्रबार यो माध्यमबाट ४९ जनाको परीक्षण भएको छ । झाmपामा कसैमा पनि कोरोना पोजिटिभ देखिएको छैन, उहाँले भन्नुभयो ।

भद्रप्ुरस्थित कलवलगुढीमा रहेको क्वारेन्टाइनमा यो जाँच गरिएको हो । झापाका सबै अर्थात १५ वटै स्थानीय तहमा क्वारेन्टाइनहरु रहेकाछन् । अन्य क्वारेन्टाईनहरुमा पनि शनिवारदेखि जाँच शुरु हुँदैछ । जिल्ला प्रशासन कार्यालय झापाले पनि क्वारेन्टाइनमा रहेर दुइ हप्ता पुर्याएका सबैको किटबाट परीक्षण गरेरमात्र होम क्वारेन्टाइनमा पठाउन निर्देशन सहितको पत्र सबै नगरपालिका तथा गाँउपालिकाहरुमा पठाएको छ ।
अन्य जिल्लामा पनि पोजेटिभ नेखिएको उहाँले जानकारी दिनु भएकोछ । शुक्रबार मोरंगमा ४१ जना, सुनसरीमा ३९ जना र उदयपुरमा १८ जनाको जाँच भएको थियो । विदेशबाट आएकाहरुको स्वाब परीक्षणका लागि नमुना पनि लिएर कोशि अञ्चल अस्पतालमा परीक्षण गरिदैछ, उहाँले भन्नुभयो । २ देखि ३ दिनभित्र रिर्पोट आउने उहाँको भनाई छ ।

झापाका बिभिन्न पालिकाहरुमा रहेका क्वारेन्टाइनमा १७७ जना रहेकाछन् भने अहिलेसम्म १५३ जना घर फर्केकाछन् । मेची अञ्चल अस्पतालको आईसुलेसनमा रहेका ७ जना विरामीहरुको स्वाब परीक्षणमा नेगेटिभ देखिएपछि उनिहरुलाइ पनि घर फिर्ता पठाईएको जिल्ला समन्वय समिति झापाका प्रमुख एव. अस्पताल ब्यवस्थापन समिति अध्यक्ष सोमनाथ पोर्तेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्