भद्रपुर , चैत्र ३०
झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म रु ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा रु ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ । यही चैत २७ गतेसम्म कोषबाट रु।४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ ।
कोषमा चालु आर्थिक वर्ष २०७६÷७७ को वजेटबाट रु। २० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको रु। ३५ लाख, १ न।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट रु।१० लाख आएको थियो ।
विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट रु। १४ लाख ६६ हजार ४३० नगद रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिनुभयो ।