झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई कारबाही

<span class='c1'>झापामा लकडाउन उल्लङ्घन गर्ने</span> <span class='c2'>३०८ जनालाई कारबाही</span>

झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो ।
लडकडाउनका अवज्ञा गर्दै सडकमा अनाश्वयक रुपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा दुई घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीको कडाइ
दमक स् दिनभरि लकडाउन प्रभावकारी भएपनि बिहान र बेलुका चोक र बजारमा मानिसहरुको चहलपहल बढेपछि कडाइका लागि प्रहरी सक्रियता बढेको छ ।
बिनाकाम बाहिर निस्कनेलाई प्रहरीले बिहानैदेखि नियन्त्रणमा लिएर सामाजिक दुरी कायम गरी चौकमै दुई घण्टा उभिन लगाउन थालेको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले लकडाउनको पालना गरी घरमै बसिदिन सबैलाई आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्