प्युठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु, कारण खोजिदै

<span class='c1'>प्युठानमा एकै परिवारका दुई</span> <span class='c2'>बालबालिकाको मृत्यु, कारण खोजिदै</span>

प्युठान । प्युठानमा एकै परिवारका दुई बालबालिकाको   मृत्यु भएको छ ।  सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आज अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना  एकसाथ घरमै रहस्यमय रुपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्