प्रधानमन्त्री ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा

<span class='c1'>प्रधानमन्त्री ओलीले कोरोना महामारी</span> <span class='c2'>नसकिएसम्म पारिश्रमिक नलिने घोषणा</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’ प्रधानमन्त्रीले घोषणा गरेका छन् ।

त्यस्तै उनले महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका पनि बताएका छन् । ‘हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो, यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको सङ्क्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्