सप्तरीको हनुमाननगरमा निर्मम ढंगले हत्या गरेर फालेको अवस्थामा १५ वर्षीय बालकको शव फेला

<span class='c1'>सप्तरीको हनुमाननगरमा निर्मम ढंगले हत्या गरेर फालेको</span> <span class='c2'>अवस्थामा १५ वर्षीय बालकको शव फेला</span>

देवराम प्रसाद यादव
सप्तरी, वैशाख १ गते । सप्तरीमा सोमबार विहान एक युवाको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित पूर्व कोसीको पश्चिमी तटबन्धमा युवाको शव भेटिएको हो ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ का जानौं साह स्वर्णकारका १५ वर्षीय छोरा सुरज साहलाई पूर्व कोसीको पश्चिमी तटबन्धमा निर्मम ढंगले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले जनाएको छ ।

युवकको मुखमा चोट देखिएकाले थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

तटबन्धमा रगतका छिटा समेत देखिएकाले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको डिएसपी मिश्रले बताउनुभयो ।

कोरोनाको त्रासदी अवस्थामा भएको यो घटनाले सिंगो गाउँ समाजमा झन् त्रासको अवस्था उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्