युवा संघ नेपाल मोरङको बेलबारी नगरपालिकालाई स्वाब कलेक्शन बुथ सहयोग

<span class='c1'>युवा संघ नेपाल मोरङको बेलबारी</span> <span class='c2'>नगरपालिकालाई स्वाब कलेक्शन बुथ सहयोग</span>

राष्ट्रिय युवा संघ नेपाल मोरङले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न र पीपीईको अभावलाई सहजिकरण गर्न बेलबारी नगरपालिकामा एक थान स्वाब कलेक्शन बुथ हस्तान्तरण गरेको छ ।

आईशोलेसनमा सहयोग पुर्याउनका साथै चिकित्सकहरुको जीवन सुरक्षामा समेत सहयोग पुर्याउन सो सामाग्री नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नवीन पौडेलले बताए । नेपाल ईन्जिनियरिङ एसोसिएसन ईटहरी च्याप्टरको वौद्धिक सहयोग तथा प्रगतिशील ईन्जिनियरिङ एसोसिएसनका ईञ्जिनियर अर्पण थापा लगायत टिमको प्राविधिक सहयोगमा उक्त सामाग्री निर्माण गरिएको हो ।

कार्यक्रममा कृष्ण गुरुङ, मनोज राई प्रविन घिमिरे लगायत राष्ट्रिय युवा संघ मोरङका युवानेताहरुको उपस्थिति रहेको थियो । कोरोना भाइरसको जोखिम बढेसँगै राष्ट्रिय युवा संघ नेपाल मोरङले आफ्नो सक्रियतालाई अझ बढाएको छ । खाद्यान्न राहत हस्तान्तरण होस् या ‍मास्क, सेनिटाइजर लगायतका सामाग्री वितरण गरेर होस् राष्ट्रिय युवा संघ नेपाल मोरङले विपदका वेला सामाजिक कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्