सुनसरीको इनरुवाबाट भारतबाट लुकेर आएका १४ जना भारतीय नागरिक पक्राउ

<span class='c1'>सुनसरीको इनरुवाबाट भारतबाट लुकेर आएका</span> <span class='c2'>१४ जना भारतीय नागरिक पक्राउ</span>

जयकुष्ण यादव
इनरुवा, वैशाख १ गते । सुनसरी सदरमुकाम इनरुवामा आईतबार राति प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लक डाउनको उल्लंघन गर्दै राती पूर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी ब्यारेज तर्फ जाँदै गरेका १४ जना भारतीय नागरिकलाई इनरुवा ३ सखुवागाछीबाट नियन्त्रणमा लिएको हो ।

इनरुवा ट्राफिक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पुष्पक निरौलाका अनुसार राती २ बजेको समयमा इटहरीतर्फबाट आएको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा भ्यान भित्र त्रिपालले छोपेर तरकारी भन्दै मानिसहरु लुकाएर ल्याएको फेला परेको हो ।

मोरङ्ग सुन्दर हरैचा नगरपालिका ७ घर भएका सवारी चालक शम्भु विश्वकर्माले उनीहरुले कोशी व्यारेजसम्म जानका लागी पिकअप रिर्जभ गरेकाले आफूले भाडामा मानिस बोकेको दाबी गरेको प्रहरी नायव निरीक्षक पुष्पक निरौलाले बताउनुभयो ।

उनीहरुलाई लिएर आएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कटीङ्ग गरी विहान ७ बजेर ३० मिनेटमा पुनः काकडभिट्टातर्फ फिर्ता पठाईदिएको छ ।

भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लक डाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकडभिट्टा नाकाबाट प्रवेश गरी कोशी ब्यारेजको बाटोबाट भारत जान खोजेको बताए पनि उनीहरु भारतमा कोरोना संक्रमण फैलिन थालेपछि नेपालमा सुरक्षित बस्नका लागि आएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्