सुनसरी भोक्राहामा जनप्रतिनिधिको लुट:पास बनाइदिने भन्दै सर्वसाधारणसंग पैसा असुली

सुनसरी भोक्राहामा जनप्रतिनिधिको लुट:पास बनाइदिने भन्दै सर्वसाधारणसंग पैसा असुली

विराटनगर बैशाख २ ,

सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक भएको छ । सोही वडाका वर्ष २४ का लिलम यादव सुत्केरी भएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेला अस्पतालमा बुझाउने रकम कम भएपछी उनका बुवा श्यामदेव यादव र काका सकलदेव यादवले वडा कार्यालयमा पास मिल्छ कि भनेर सम्पर्क गरे । वडा कार्यालयमा रहेका प्रशासनका कर्मचारी सिताराम मेहताले उनलाई पास बनाइदिने तर केही खर्च दिनुपर्ने बताए ।

आफुलाई आवश्यक परेको हुदा उनीहरुले पैसा दिन राजी भए र मेहताले मागेको ३ सय २० रुपैयाँ उनलाई दिए । उनले रसिद माग गर्दा कम्प्युटर बिग्रेको कारण अहिले दिन नमिल्ने बताए ।

वडा कार्यालयले सवारीसाधन पास सिफारिस भन्दै चिठी पनि दियो उनीहरुलाई तर उक्त चिठीले पासको काम भने गरेन । उक्त वडाका अध्यक्ष रामचन्द्र यादवले हस्ताक्षर गरेर उक्त चिठी दिएको र उनलाई पैसा लिएको जानकारी दिदा समेत वास्ता नगरेको पिडितको गुनासो छ ।

एक त वडा कार्यालयले सवारीसाधन पास दिने नियम नै छैन त्यसमाथि रकम लिएर पास दिने कार्य गैरजिम्मेवारीपन भएको स्थानीय रमेश यादव बताउछन् । जिल्ला प्रशासन कार्यालयबाट मात्रै पास लिएर मात्रै सवारी साधन चलाउन पाइन्छ ।

यता, वडा अध्यक्षसंग आवर विराटनगरले सम्पर्क गर्दा उनले गल्ती स्विकार्दै आफ्नो कर्मचारी सिताराम मेहताले पैसा लिएको र उनलाई पैसा फिर्ता गर्न भनेको बताए । "हामीबाट गल्ती भएको हो , सवारीसाधन पास दिने अधिकार हामीसंग नभएको अवस्था साथै सर्वसाधारणसंग पैसा लिएकोमा गल्ती गर्ने कर्मचारीलाई सम्झाएको छु " वडा अध्यक्ष यादवले बताए ।

प्रशासनका कर्मचारी मेहतासंग पनि सम्पर्क गर्न खोज्दा उनिसंग सम्पर्क हुन सकेन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पनि स्थानीय तहले सवारी पास जारी गर्नु र पैसा असुल गर्नु अवैध भएको बताए । "उजुरी परेको खण्डमा हामी कारवाही गर्छौ " पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्