मुरारी अधिकारी
धादिङ, वैशाख २ गते । धादिङको ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा गरिएको ¥यापिड टेष्टमा एकजना व्यक्तिमा कोरोना भाइरस देखिएको छ । ज्वालामुखी गाउँपालिका अन्तरत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना देखिएको हो ।
कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उहाँलाई जिल्ला अस्पताल धादिङबेसीको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उहाँको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार टेकु अस्पतालले परीक्षण पश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने तयारी गरेका छौँ ।
¥यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गर्नुभएको छ ।
¥यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ५० वटा परीक्षण भइसकेको छ ।