सुनसरीको भोक्राहा गाउँपालिकामा राहत गोदाममा, गरिब तथा बिपन्न परिवार जिल्लै

सुनसरीको भोक्राहा गाउँपालिकामा राहत गोदाममा, गरिब तथा बिपन्न परिवार जिल्लै

विराटनगर बैसाख ३ ,

सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि तथा कर्मचारीले सर्वसाधारणसंग लकडाउनमा सवारी पास बनाइदिने भन्दै पैसा लिएको घटना सार्वजनिक हुन नपाउदै फेरी उक्त गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण नगरेको खुल्न गएको छ ।

सरकारले स्थानीय तह मार्फत बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्न जिम्मा दिएर नेपाल भरि नै पहिलो चरणको राहत वितरण सम्पन्न भएको अवस्थामा उक्त गाउपलिकामा रहेका एक जना व्यक्तिले पनि राहत पाएका छैनन् । राहत आएर वडा अध्यक्षको गोदाममा थन्किएको छ तर बिपन्न बर्ग भने भोक भोकै जीवन चलाउन बाध्य छ ।

उक्त गाउँपालिकामा कसैले पनि राहत नपाएको स्थानीय नागरिक अगुवा रमेश यादव बताउछन् । राहत गोदाममा आएको धेरै दिन भएपनि त्यो कहाँ गइ रहेको छ अत्तोपत्तो नभएको उनि बताउछन । सिमा क्षेत्रसंग नजिक रहेको उक्त गाउपलिकामा अधिकांश नागरिक बिपन्न रहेको तर दोस्रो चरणको राहत पाउने बेला सम्म पनि पहिलो चरण वितरण नगर्दा कतै भित्र भित्रै भ्रस्टाचार त भएको छैन भन्ने डर रहेको उनि सुनाउछन ।

यता, तत्कालिन  मधेसी जनअधिकार फोरमबाट गाउँपालिका अध्यक्ष महेन्द्र यादबसंग हामीले जिज्ञासा राख्दा उनले गैरजिम्मेवार जवाफ दिए । उनले भने "सामान पोका बनाउन ढिला भएर बाड्न पाएको छैन , अब २-३ दिनमा सुरु गर्छौ" । जनता भोकै भएको बेला राहत जनप्रतिनिधिले सक्दो छिटै वितरण गरेर जनतालाई राहत दिनु कता हो कता उनले  सजिलो तरिकाले केहि दिन अझै पछी राहत वितरण गर्ने बताए ।

उक्त गाउपलिकाका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र यादवले भने सबै राहत आएपनि चामल नआएकोले वितरण नगरेको तथा राहत ढिलो हुनुमा आफुलाई भन्दा जिम्मेवार गाउँपालिका अध्यक्ष रहेको भन्दै पन्छिन खोजे ।

लकडाउनले  जनताको बिजोक भएको देखि देखि जनप्रतिनिधिको यस्तो गैरजिम्मेवारीपनाले गर्दा धेरैले समस्या भोग्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्