बलिउड अभिनेता शाहरुख खानले २५ हजार पर्सनल प्रोटेक्टिव इक्यूप्मेन्ट (पीपीई) दिएका छन् । महाराष्ट्रा कोरोना विरुद्ध संघर्ष गरिरहेका स्वास्थ्यकर्मीलाई शाहरुखले २५ हजार थान पीपीई उपलब्ध गराएका हुन् ।
५४ वर्षीय शाहरुखले अछिल्लो महिना पनि कोरोनाका कारण उत्पन्न समस्याको समाधानका लागि सहयोगको घोषणा गरेका थिए ।
उनले गरिबलाई खाना खुवाउने तथा चार महिना कोरोना संक्रमितलाई राख्ने घोषणा गरेका थिए ।