उदयपुरमा १२ जना भारतीय लुकेर बसेको अवस्थामा नियन्त्रणमा

<span class='c1'>उदयपुरमा १२ जना भारतीय</span> <span class='c2'>लुकेर बसेको अवस्थामा नियन्त्रणमा</span>

उदयपुर, वैशाख ३। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीय नागरिक र चारजना नेपालीलाई मंगलबार जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई स्थानीयको सूचनाको आधारमा प्रशासनले नियन्त्रणमा लिएको हो । उनीहरु सबै मुस्लिम समुदायका हुन् ।

१२ जना भारतीयले आफूहरु ‘लकडाउन’अगाडि नै आएको र लकडाउनका कारण फर्कन नपाएको दाबी गरेका छन् ।

स्थानीयले भने लकडाउनभन्दा पछि चोरबाटो हुँदै उनीहरु आएको बताएका छन् ।

उनीहरु सबैको स्वाब परीक्षणको नमुना संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्