नगेन्द्र सापकोटा
काठमाडौँ, वैशाख ३ गते । कागेश्वरीमनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको -यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ आएको छ ।
सो जानकारी कागेश्वरीमनोहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी (सिम्खडा)ले दिनुभयो ।
सो अर्पाटमेन्टकाे ए ब्लकामा २९८ जना बस्ने गरेका र अन्य ब्लकमा बस्नेकाे पनि अबस्था हेरेर क्रमस परीक्षण गरीने उहाँले बताउनुभयाे । साे ब्लकका एक परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि त्याहाँ बस्ने अरुको -यापिड टेस्ट आज विहान सुरु गएिको थियो ।
उक्त अपार्टमेंट मा बिहान ९ बजे देखि स्वास्थ्य सेबा बिभाग इपिडिमेलोजी माहाशाखाका डा. अमृत पोखरेल , महेन्द्र अधिकारी र कागेश्वरी मनोहरा नगरपालिका को सहयोगमा १५ जना स्वास्थ्यकर्मी हरुको टोलिबाट स्वास्थय परीक्षण गिरएकाे थियाे । साथै साे अपार्टमेन्ट क्षेत्रमा सरसफाइ तथा क्लाेरिन छर्कने काम पनि भएकाे थियाे ।