जयकृष्ण यादव
इनरुवा , वैशाख ३ गते । सुनसरीको भोक्राहा नरसिह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जिदमा १० जना भारतीय मुलका बंगालीहरु आश्रय लिएर बसेको फेला परेको छ ।
नेपाल मुस्लिम संघ प्रदेश एकका सभापति हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता नजिक स्थायी ठेगाना भएका भारतीय नागरिकहरु मस्जीदमा फेला परेको हो ।
सामाजिक अभियन्ता समेत रहेका मन्सुरीका अनुसार वर्ष ४२ का अब्दुल शेख, वर्ष ३५ की साहिदा बिबि, वर्ष ४२ का सवुल, वर्ष ४० की मुसानेहा, वर्ष ५५ का हजेयामुद्दिन, वर्ष ५० की अलिया बिबि, वर्ष ५० का खुटुवुद्दिन, वर्ष ४५ की साजेदा बिबि, वर्ष ४० का अफाजुल र वर्ष ३२ की अरजुमन बिबि रहेका छन् ।
सभापति मन्सुरीले भने उनीहरु सँग सोधपुछ गर्दा उनीहरुले श्रीमान श्रीमती रहेको बताउँदै सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन आएका जमातीहरु सभा सकिएपछि इनरुवाका विभिन्न मस्जीदमा बस्दै आएका रहेछन् ।
लक डाउ शुरु भएपछि भोक्राहा नरसिह गाउपालिका ५ टपरामा रहेको खतिजन कुव्रामा रहेको मस्जीदमा आश्रय लिंदै आएको जानकारी पाएपछि स्वास्थ्यकर्मीहरुको टोलीसहितले आवश्यक स्वास्थ्य परीक्षण गरी सुरक्षित रुपमा क्वारेन्टाईन सरह बस्न लगाई आवश्यक खाद्यान्न दिएर एकजना कुरुवाको जिम्मा लगाईएको मन्सुरीले बताउनुभयो ।
उनीहरुलाई कोरोना भाइरसको सक्रमण फैलिने क्रममा रहेकाले मस्जीदबाट बाहिर नजान र सरकारले बताएको नियमपालना गर्न अनिवार्य रहेको जानकारी गराई क्वारेन्टाइन सरह बस्न लगाईको मन्सरीले जानकारी दिएका छन ।