सप्तरी, वैशाख ३ । सप्तरीका दुईजनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ ।
भारतको दिल्लीस्थित निजामुद्दिन मरकजमा सहभागी भई फर्केका सप्तरीका सातजनाको ‘र्यापिड टेस्ट’ गर्दा तिलाठी कोइलाडी गाउँपालिकाका एक र खडक नगरपालिकाका एकजनाको ‘पोजेटिभ रिपोर्ट’ आएको थियो ।
तर, उनीहरुको स्वाबको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।