पाँचथरमा पेट्रोलियम पदार्थको अभाव, अत्यावश्यकीय कामका लागि समस्या

<span class='c1'>पाँचथरमा पेट्रोलियम पदार्थको अभाव,</span> <span class='c2'>अत्यावश्यकीय कामका लागि समस्या</span>

पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उपलब्ध नगराएको तथा लकडाउनका कारण ट्याङ्कर चालकले भारतबाट पेट्रोलियम पदार्थ ल्याउन नसकेपछि एक सातायता पेट्रोलियम पदार्थको अभाव भएको पेट्रोलपम्प सञ्चालक बताउँछन् ।पेट्रोलियम पदार्थको मूल्य घटेकाले मूल्य बढाएर कालोबजारीमा बिक्री गर्न पेट्रोलियम पदार्थ लुकाइएको आशङ्का गरिएको छ । परिस्थिति सहज नहुञ्जेल सहज आपूर्ति गर्न नसक्ने पम्प सञ्चालक टोलेन्द्र तामाङले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले पेट्रोलपम्प सञ्चालकलाई छलफलमा बोलाएर पेट्रोलियम पदार्थ ढुवानी सहज गराइने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्