झापामा एक युवामा कोरोनाको आशंका, थप परिक्षणको लागि विराटनगर पठाइयो

<span class='c1'>झापामा एक युवामा कोरोनाको आशंका,</span> <span class='c2'>थप परिक्षणको लागि विराटनगर पठाइयो</span>

झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे ।

स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ। ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।

थप परिक्षणको लागि उनको स्वाब विराटनगर कोशी अञ्चल अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्