उदयपुरमा लकडाउन उल्लंघन गर्ने ९ सय ४० वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

उदयपुरमा लकडाउन उल्लंघन गर्ने ९ सय ४० वटा सवारीसाधन प्रहरी नियन्त्रणमा

बैशाख ४ गते । लकडाउनको आज २४ औंदिन । यस अवधिमा उदयपुरमा लकडाउन अवज्ञा गर्ने १ सय ७२ जना पक्राउ परेका छन् । उनीहरु मध्ये पाँचजनालाई मुद्दा चलाइएको छ ।
लकडाउनमा उदयपुर प्रहरीले कडाइ गर्दागर्दै पनि अवज्ञा गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । लकडाउन अवज्ञागरि अरुलाई रोग संक्रमणको जोखिम पारेकाले रोग संक्रमण ऐन अन्तर्गत पाँचजनालाई मुद्दा चलाइएको उहाँले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई दिनभर प्रहरी कार्यालय परिसरमै राखेर साँझ लकडाउन र कोरोनाभाइरसको संक्रमणबारे कक्षालिएर छाडिने गरिएको छ । प्रहरीले सम्झाउदापनि अटेर गर्ने, सुरक्षाकर्मीमाथि नै जाइलाग्नखोज्ने र अरुको स्वस्थ्यप्रतिलापरवाही गर्नेहरु पाँच जनालाई मुद्दा चलाइएको छ ।

लकडाउनलाई अवज्ञा गर्दै सञ्चालनभएका सवारी साधनहरुलाई पनिप्रहरीले नियन्त्रणमा लिने गरेको छ । आज विहान सम्ममा ९ सय ४० वटा सवारी साधन प्रहरी नियन्त्रणमा परेकाको एसपी मगरले बताउनुभयो ।

कोरोनाभाइरसको संक्रमणको जोखिम बढ्दै गएसंगै सरकारले लकडाउनपनिथप्दै गएको छ । लकडाउनको अवधिथपभएसँगै सुरक्षाकडाइ उत्तिकै छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी जिल्लाको मुख्यबजार, नाका र सडकहरुमा खटिएका छन् । त्यस अलवा गाउँगाउँका प्रहरी चौकीहरुले पनि ग्रामीण क्षेत्रमा कडाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्